अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

४ हजार सैन्य जवानका लागि खुल्यो भर्ति

४ हजार सैन्य जवानका लागि खुल्यो भर्ति

नेपाली सेनाले एक पटक ४ हजार सैनिक जवान भर्ना गर्ने भएको छ । सेनाको भर्ना छनौट निर्देशनालयले खुला तथा समावेशी प्रतिस्पर्धा छनोट गर्ने गरी दरखास्त आह्वान गरेको हो ।

गोरखापत्रमा प्रकाशित सूचना अनुसार खुलातर्फ दुई हजार ९८ जना र बाँकी संख्या समावेशी कोटाहरुमा भर्ति हुनेछन् ।

देशका विभिन्न भर्ना केन्द्रबाट वैशाख १६ गतेसम्म १५० दस्तुर रुपैयाँसहित दरखास्त दिन सकिनेछ ।

न्युनतम् ८ कक्षा पास गरेका र पुरूषका लागि उचाइ न्युनतम ५ फिट ३ इन्च तथा महिलाका लागि न्युनतम ५ फिट उचाइ हुनुपर्नेछ ।

१८ वर्ष पूरा भएर २२ वर्ष ननाघेकाहरुले यो अवसर पाउनोछन् । ५ जेठका लागि परीक्षा तोकिएको छ ।

प्रदेश निजामती कर्मचारी ऐन आएपछि थारु कोटा निर्धारण हुन्छ ः मन्त्री जोशी
चैत्र १७, १७:२३
कैलालीको घोडाघोडीमा अज्ञात समूहले हालेको पासोमा परेर चितुवा मृत फेला
चैत्र १७, १७:२३