अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

घोडाघोडी नगरपालिका १० नं. वडा कार्यालय भवनको सुदुर पश्चिम प्रदेश सभा सदस्यद्धारा भवन उदघाटन ।

घोडाघोडी नगरपालिका १० नं. वडा कार्यालय भवनको सुदुर पश्चिम प्रदेश सभा सदस्यद्धारा भवन उदघाटन ।

घोडाघोडी नगरपालिका १० नं. वडा कार्यालयको भवन उदघाटन गरिएको छ । सुदुर पश्चिम प्रदेश सभा सदस्य अमर बहादुर साउदले सोमवार एक कार्यक्रमका विच घोडाघोडी नगरपालिका वडा नं. १० को कार्यालय भवन उदघाटन गर्नु भएको छ ।भवन उदघाटन कार्यक्रम घोडाघोडी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष भीम बहादुर बमको सभापत्विमा भएको कार्यक्रममा सुदुर पश्चिम प्रदेश सभा सदस्य अमर बहादुर साउद प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथि घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा र घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक आचार्य लगायतका रहनु भएको थियो ।

घोडाघोडी नगरपालिका वडा नं. १० का वडा सदस्य राम प्रसाद भण्डारीको स्वागत मन्तव्यसंगै शुरु भएको कार्यक्रममा सामुदायिक वन समन्वय समितिका अध्यक्ष पुस्कल बहादुर बम, बुलबुले बहुमुखी क्याम्पसका प्राचार्य बल बहादुर रोकाया, बुलबुले रानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष खडक बहादुर बुढा, विरेन्द्र सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सुरेश कठायत, भुर्काभुर्की सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पतिराम चौधरी लगायतका अतिथिहरुको सहभागीता रहेको थियो ।

यस्तै सोही कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

१ करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले स्थानीय चुनावमा मत हाल्न पाउने आयोगको भनाई
चैत्र १४, १८:०५
सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले आह्वान गरेको विज्ञापन खारेज गर्न माग
चैत्र १४, १८:०५