अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

महिला समुहका सदस्यहरुलाई लेखा व्यवस्थापन तथा कृषि तालिम कैलालीको जोशीपुरमा सम्पन्न

महिला समुहका सदस्यहरुलाई लेखा व्यवस्थापन तथा कृषि तालिम कैलालीको जोशीपुरमा सम्पन्न

३ दिने लेखा व्यवस्थापन तथा कृषि तालिम कैलालीको जोशीपुरमा सम्पन्न भएको छ ।जिल्लाको जोशीपुर गाउँपालिका वडा नं. ६ को सिमरी वजारमा महिला समुहका सदस्यहरुलाई ३ दिने लेखा व्यवस्थापन तालिम शनिवार सम्पन्न भएको छ । शनिवार जोशीपुर गाउँपालिकाका वडा नं. ६ का अध्यक्ष नत्थु प्रसाद डगौराले ३ दिने लेखा व्यवस्थापन तथा कृषि सम्बन्धि तालिमको समापन गर्नु भएको थियो । तालिम समापन गर्दै वडा अध्यक्ष चौधरीले जोशीपुर गाउँपालिका अन्तरगत रहेका दर्ता समुह, सहकारी संस्थाहरुका लागि लेखा व्यवस्थापन एवं लेखा जोखा राख्न र नेपाल सरकारको निति तथा कार्यक्रम अनुसार कार्य व्यवस्थापन गर्न तालिमवाट सिकेका कुरालाई सहभागीहरुलाई व्यवहारमा लागु गर्न अनुरोध समेत गरेका थिए ।

३ दिने लेख व्यवस्थापन तालिमवाट अव दिनहरुमा संस्था एवं समुहका सदस्यहरुले समुहको वित्तिय व्यवस्थापन सही तरिकाले परिचालन गर्न सक्न सक्षम हुने कुरामा विश्वास व्यक्त गर्नु भएको छ । जोशीपुर गाउँपालिका वडा नं. ६को सहयोगमा समाज परिवर्तनका लागि वातावरण संरक्षण प्रवद्र्धन नेपालको आयोजनामा संचालन तालिम संचालन गरिएको थियो । ३ दिने लेखा व्यवस्थापन तथा कृषि सम्बन्धी तालिम समापन कार्यक्रममा वडा सदस्य सक्तराम चौधरी, षदानन्द रावत, कविता बडायक, विष्णु नेपाली रहेका थिए ।

भने तालिमको सहजीकरण आर्थिक एवं सामाजिक बिशेषज्ञ डा. राम बहादुर चौधरीले गर्नु भएको थियो भने ३ दिने कृषि सम्बन्धी तालिमको कृषि प्राविधिक सुरज चौधरी र लायक राम चौधरीले गरेका थिए । कृषि तालिममा सहभागीहरुलाई एकीकृत कृषिको वारेमा प्रशिक्षण गरिएको थियो । यस्तै कृषि तालिमका सहभागीहरुलाई तरकारी खेतीको लागि नर्सरी व्याड, बोट देखि बोटको दुरी, जग्गाको तयारी विउ उपचार गोडमेल गर्ने तरिका लगायतको वारेमा प्रयोगात्मक रुपमा सिकाईएको थियो उक्त तालिममा २२ जनाको सहभागीता रहेको थियो ।

३ दिने लेखा व्यवस्थापन तथा कृषि तालिम कैलालीको जोशीपुरमा शुरु ।
चैत्र १३, ०७:१५
निर्वाचन आयोगले टोक्यो देश भर निर्वाचन अधिकृत घोडाघोडीमा भानदेव जोशी,नियुक्त
चैत्र १३, ०७:१५