अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

३ दिने लेखा व्यवस्थापन तथा कृषि तालिम कैलालीको जोशीपुरमा शुरु ।

३ दिने लेखा व्यवस्थापन तथा कृषि तालिम कैलालीको जोशीपुरमा शुरु ।

३ दिने लेखा व्यवस्थापन तथा कृषि तालिम कैलालीको जोशीपुरमा शुरु भएको छ ।जिल्लाको जोशीपुर गाउँपालिका वडा नं. ६ को सिमरी वजारमा महिला समुहका सदस्यहरुलाई ३ दिने लेखा व्यवस्थापन तालिम शुरु बिहिवार देखि भएको छ । बिहिवार जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले एक कार्यक्रमका विच तालिमको उदघाटन गर्नु भएको थियो ।

तालिम उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको चौधरीले जोशीपुर गाउँपालिका अन्तरगत रहेका दर्ता समुह, सहकारी संस्थाहरुका लागि लेखा व्यवस्थापन एवं लेखा जोखा राख्न र नेपाल सरकारको निति तथा कार्यक्रम अनुसार कार्य व्यवस्थापन गर्न यो तालिमले ठुलो सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नु भएको छ । कुनै पनि संस्था एवं समुहको वित्तिय व्यवस्थापन सही तरिकाले परिचालन भए पछि मात्र संस्थाको प्रगति हुने कुरा समेत बताउनु भएको छ ।

जोशीपुर गाउँपालिका वडा नं. ६को सहयोगमा समाज परिवर्तनका लागि वातावरण संरक्षण प्रवद्र्धन नेपालको आयोजनामा संचालन भएको तालिम उदघाटन वडा नं. ६का वडा अध्यक्ष नत्थु प्रसाद डगौराको सभापत्विमा भएको कार्यक्रमको प्रमुख अतिथि जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरी रहनु भएको थियो ।

यस्तै वडा नं.६ का वडा सदस्य सक्तराम चौधरी, षदानन्द रावत, कविता बडायक, विष्णु नेपाली, समाज सेवी धन बहादुर मल्ल, जंग बहादुर चौधरी, जगतराम चौधरी, बरघर भलमन्सा समाज सेवी तथा वडा भित्रका दर्ता समुह सहकारीका सदस्यहरुको सहभागीतामा उक्त तालिम उदघाटन गरिएको थियो । भने तालिमको सहजीकरण आर्थिक एवं सामाजिक बिशेषज्ञ डा. राम बहादुर चौधरीले गरि राख्नु भएको छ । यस्तै ३ दिने कृषि सम्बन्धी तालिम कार्यक्रम समेत उदघाटन गरिएको छ ।

कृषि तालिम सोही वडाको लोखरी गाउँको सामुदायिक भवनमा तालिम संचालन भै रहेको छ उक्त तालिममा २२ जना सहभागी रहेका छन। भने तालिमको सहजीकरण कृषि प्राविधिक सुरज चौधरी र लायक राम चौधरीले गरि राख्नु भएको छ ।

वित्तिय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम कैलालीको कान्ती मा.वि.मा सम्पन्न ।
चैत्र १०, २०:२६
महिला समुहका सदस्यहरुलाई लेखा व्यवस्थापन तथा कृषि तालिम कैलालीको जोशीपुरमा सम्पन्न
चैत्र १०, २०:२६