अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

बनडढेलो नियन्त्रण तथा ब्यबस्थापन जनचेतना सप्ताह सम्पन्न

बनडढेलो नियन्त्रण तथा ब्यबस्थापन जनचेतना सप्ताह सम्पन्न

कैलालीमा बनडढेलो नियन्त्रण तथा ब्यबस्थापन जनचेतना सप्ताह कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

धनगढी–१७ मा ‘डढेलोबाट बनलाइ जोगाऔ, वन दिगो उत्पादन र उपयोग’ भन्ने मुल नाराका साथ बन डढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताह सम्पन्न भएको हो । साथै समापन कार्यक्रममा अन्तर्राष्ट्रिय वन दिवस समेत मनाईएको थियो ।

कैलाली जिल्लाका विभिन्न स्थानहरुमा गरिएको बनडढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताह चैत १ गते बाट सुरु भई चैत ७ गते सम्पन्न भएको छ ।

धनगढी १५ कनरीमा सिद्धबाबा सामुदायिक बन उपभोक्ता समुहमा फिल्ड अभ्यास गर्दै वन डढेलो नियन्त्रणमा कसरी गर्ने भनेर फिल्डमै कार्यक्रम राखियको सामुदायिक बनका अध्यक्ष केसब जोशीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि डिभिजन बन कार्यलय धनगढी प्रमुख केशब पराजुलीले गर्मी मौसममा बढी आगलागी भै बहुमुल्य काठ, जडिबुटी, जिवजन्तुको बासस्थान, स–साना बोटबिरुवाहरु बर्सेनि नोक्सानी हुदा जैविक चक्रमा असन्तुलन भएको बताएका छन् । बन कार्यलय एक्लैबाट यो अभियानमा सम्भव नभएकोले सामुदायिक वन र स्थानीय जनसहभागिताबाट नै यो अभियान सफल हुने पराजुलीले बताए ।

भन्ने मुल नाराका साथ सप्ताहब्यापी रुपमा डिभिजन बन कार्यलय धनगढी आयोजनामा कार्यक्रम गरिएको हो । प्रत्येक बर्ष चैत १गते देखि ७ गते सम्मलाइ बनडढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताहका रूपमा बनकार्यलयले मनाउदै आयको छ ।

कैलालीको चुहामा ट्रकको ठक्करबाट एकको मृत्यु,क्षतिपुर्तिमाग गर्दै राजमार्ग अवरुद्ध
चैत्र ७, १८:१६
नेपाल चलचित्र बिकास वोर्ड र घोडाघोडी नगरपालिका विच बोर्डको कार्यालय स्थापना गर्ने सम्झौता
चैत्र ७, १८:१६