अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

गेटा आँखा अस्पतालको १९औं शाखा कैलालीको सुखडमा स्थापना

गेटा आँखा अस्पतालको १९औं शाखा कैलालीको सुखडमा स्थापना

सुदूरपश्चिम प्रदेश मात्र नभएर छिमेकी मुलुक भारतका नागरिका लागि पनि आँखा उपचारको भरोसा केन्द्र बनेको गेटा आँखा अस्पतालको १९औँ शाखा विस्तार गरिएको छ ।सुदूरपश्चिम क्षेत्रमा आँखा उपचार सेवाको पहूँच विस्तार गर्ने कार्ययोजना अनुसार नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालद्वारा घोडाघोडी नगरपालिकासँगको सहकार्य तथा सेभा नेपालको सहयोगमा कैलालीको घोडाघोडीमा १९औँ शाखा विस्तार गरिएको हो।नगरपालिका र बर्दगोरिया गाँउपालिकाका आँखाका रोगीहरुलाई नियमित आँखा उपचार सेवा प्रदान गर्न सुखडमा चैत्र २ गते बुधबार आँखा उपचार केन्द्र स्थापना गरि आँखा उपचार सेवा संचालन गरिएको वाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिए।

सो उपचार केन्द्रमा अत्याधुनिक उपकरणहरुको प्रयोग गरि आँखा परीक्षण, औषधि उपचारको साथै सामान्य शल्यक्रिया गरिनुका साथै समुदायमा आँखा उपचार तथा जनचेतना जगाउने कार्यक्रम समेत संचालन गरिनेछ।आँखाको जटिल समस्या भएका बिरामीहरुलाई आँखा परीक्षण गरिने उपकरणमा नै जडित क्यामराको मदतले टेलिमेडिसिनको प्रयोग गरि गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट आँखा परीक्षण र आवस्यक परामर्श गरी उपचार सेवा समेत प्रदान गरिने भट्टले बताए।

घोडाघोडी नगरपालिका वार्ड नं. १ का अध्यक्ष मनराज शाहको सभापतित्वमा संचालित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख प्रेम कुमारी थापा र बिशिष्ठ अतिथि सेभा नेपालका निर्देशक रामप्रशाद कँडेलबाट आँखा उपचार केन्द्रको संयुक्त रुपमा उद्घाटन गरिएको हो।नेपाल नेत्रज्याति संघ कैलालीका सभापति तथा गेटा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिव्यप्रसाद पन्त, नेपाल नेत्रज्योति संघ प्रदेश कार्य समितिका सचिव भूपेन्द्र थापा र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले शुभकामना व्यक्त गरेका थिए।

पहाडी तथा हिमाली क्षेत्रमा आज फागुपूर्णिमा मनाइँदै
चैत्र ३, १०:५८
कैलारीमा जग्गाको निस्सा वितरण सुरु
चैत्र ३, १०:५८