अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

पहाडी तथा हिमाली क्षेत्रमा आज फागुपूर्णिमा मनाइँदै

पहाडी तथा हिमाली क्षेत्रमा आज फागुपूर्णिमा मनाइँदै

पहाडी तथा हिमाली क्षेत्रमा आज फागुपूर्णिमा मनाइँदै छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ ।आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रूपमा एक आपसमा रंग, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथ मनाइने गरिन्छ ।किम्बदन्तीका अनुसार त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नाम एक क्रुर राक्षस थिए । उनी नास्तिक भएका कारण भगवानको लीलामा विश्वास गर्दैनथे । उनको प्रह्लाद नामक छोरा थिए, जो भगवान विष्णुको परम भक्त थिए ।

हिरण्यकश्यपु आफूले आफूलाई बलवान ठाँन्दथे । तर, उनको पुत्र बुबाको आराधना नगरी विष्णु भगवानको आराधना गर्दथे । त्यो कुरा उनले सहन सकेनन्, उनले जसकारण आफ्नै पुत्रलाई मार्न तयार भए ।अन्ततः उनको योजनाअनुरूप हिरण्यकश्यपुले पुत्रलाई अग्निकुण्डमा राखेर मार्नको निम्ति अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई काखमा राखेर अग्ग्नि कुण्डमा बसाए ।तर, अग्नि बस्दा पनि विष्णु भगवानको प्रार्थना गरेर बसेका प्रह्लादलाई अग्निले भष्म गरेन । उल्टै होलीका भने भस्म भइन् ।

अन्तमा हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । होलीका दहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर लगाएर होली पर्व मनाउने परम्परा परापूर्वकालदेखि चलिआएको धार्मिक मान्यता छ ।बिहीबार पहाड तथा हिमाली क्षेत्रमा मनाइने फागुपूर्णिमा शुक्रबार तराई मधेशमा होलीको रूपमा मनाइँदै छ ।

बनडढेलो ब्यबस्थापन जनचेतना सप्ताह कार्यक्रम पहलमानपुरवाट सुरु
चैत्र ३, १०:५५
गेटा आँखा अस्पतालको १९औं शाखा कैलालीको सुखडमा स्थापना
चैत्र ३, १०:५५