अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

बनडढेलो ब्यबस्थापन जनचेतना सप्ताह कार्यक्रम पहलमानपुरवाट सुरु

बनडढेलो ब्यबस्थापन जनचेतना सप्ताह कार्यक्रम पहलमानपुरवाट सुरु

बनडढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताह आज बाट सुरु भएको छ । डढेलोबाट बनलाइ जोगाऔ , बन जङ्गलमा डढेलो लाग्न नदिऔ लागि हालेमा सम्पुर्ण उपभोक्ता मिलि तुरुन्तै निभाऔ भन्ने मुल नाराका साथ सप्ताहब्यापी कार्यक्रम आज डिभिजन बन कार्यलय पहलमानपुरको आयोजनामा कार्यक्रम गरिएको छ ।प्रत्येक बर्ष चैत १गते देखि ७ गते सम्मलाई बनडढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताह रुपी कार्यक्रम बन कार्यलयले मनाउदै आएको छ।

कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका वडा न १०का वडा अध्यक्ष भिम बहादुर बमले पछिल्लो समयमा भएको बन अतिक्रमण , राजमार्गको क्षेत्रमा बढी रहेका बन अतिक्रमण ,बढी आगलागी हुने गरेको , चुरे क्षेत्रमा भएका बस्तिलाई तेहि बसिराख्ने वातावरण बनाउन , चुरेको माटो सङै बन जङ्गल सरक्षण मा जोड दिनु पर्ने बताए ।यस्तै बसन्ता सरक्षित बन कार्यक्रमका अध्यक्ष पुस्कल बम ले भने गर्मीको समयमा बन जङ्गलमा पात झरेर बढी स्याउला हुने र नयाँ पालुवा पलाउने समय भएको खडेरीमा बढी आगलागीको जोखिम हुने भयकाले यसलाइ सबैले रोक्न र न्यूनीकरण गर्नका लागि आफ्नो जिम्मेवारी पुर्वक काम गरि दिन सबैलाई आग्रह गरेका छन्।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै इलाका प्रहरी कार्यलय सुखडका प्रमुख लक्ष्मण शाहीले गर्मीयाम मा हुने बन जङ्गलमा , तथा राष्ट्रिय बनमा हुने आगलागी लाइ कसरी न्यूनीकरण गर्ने आगलागीबाट बर्सेनि लाखौं क्षती बहुमुल्य जडिबुटी , काठ , बन्यजन्तुको बासस्थान क्षती ,नयाँ पालुवा समेत नोक्सान हुने बताए , यसरी सामुदायिक बन , जनप्रतिनिधि , स्थानीय बासिन्दा , स्थानीय स्तरमा रहेका प्रहरी कार्यलयहरुको सहकार्य भयमा आगलागी न्यूनीकरण गरिन सकिने बताए ।

कार्यक्रममा बोल्दै डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख गोकुल रिजालले एक्लै बन कार्यलयले मात्र यस्तो कार्य गर्न नसकिने , प्राबिधिक सहयोग सामुदायिक बनहरु मा नियमित कट्नी छट्नी , अग्निरेखा निमार्ण , बन ब्यबस्थापन जस्ता कार्य आफुहरुले गरि रहेको बताएका छन । गर्मीयाम हुने बन तथा राष्ट्रिय बनमा हुने आगलागी यो बर्ष आफ्नो बन कार्यलय क्षेत्रमा शून्य गराउने बताए ।

बनजङ्गलमा डढेलो लाग्नै नदिऔ , लागिहालेमा सबै मिलि तुरुन्त निभाऔ , बनलाइ डढेलोबाट हामिले नै जोगाऔ ,डढेलो बाट बनलाइ जोगाऔ , बन क्षेत्रमा जादा सलाइ ,लाइटर जस्ता प्रज्वलन सिल बस्तु नलैजाऔ , अग्निरेखाको समय समयमा मर्मत तथा सफा गरौ , बन डढेलो लगाउनेलाई समुहले कार्बाही गरौ नसके कार्बहिका लागि सम्बन्धि बन कार्यलयलाई सिफारिस गरौ भन्ने प्ले कार्ड सहित र्यालीले पहलमानपुर बजार परिक्रमा गरेका थियो ।

वडा कार्यालयद्वारा १२ क्लबलाई खेलकुद सामग्री वितरण
चैत्र १, १९:१४
पहाडी तथा हिमाली क्षेत्रमा आज फागुपूर्णिमा मनाइँदै
चैत्र १, १९:१४