नयाँ वर्ष २०७९ मा सार्वजनिक बिदाको तालिका सार्वजनिक

नेपाल सरकारले नयाँ वर्ष २०७९ को लागी सार्वजनिक बिदाको तालिका सार्वजनिक गरेको छ ।
गृहमन्त्रालयमार्फत् सार्वजनिक गरिएको बिदाको तालिकामा शनिबार बाहेक ४३ दिन सार्वजनिक बिदाको घोषणा गरिएको छ।
असोज १६ देखि असोज २१ गतेसम्म बडा दशैंको बिदा गरिएको छ । घटस्थापनाको दिन असोज १० गते पनि विगतमा झैं बिदा घोषणा गरिएको छ ।
साथै अन्य धर्म तथा विभिन्न समुदायले मनाउने पर्वहरुमा समेत सम्बन्धित धर्म मान्ने तथा पर्व मनाउने समुदायलाई बिदाको घोषणा गरिएको छ ।