अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

पशुपतीनाथ सामुदायिक वनको ६ आंै साधरण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम कैलालीको शिसैयामा सम्पन्न ।

पशुपतीनाथ सामुदायिक वनको ६ आंै साधरण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम कैलालीको शिसैयामा सम्पन्न ।

पशुपतीनाथ सामुदायिक वनको ६ आंै साधरण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम कैलालीको शिसैयामा सम्पन्न भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं.११ शिसैयामा रहेको पशुपतीनाथ सामुदायिक वन उपभोक्ता समुहको ६ औं वार्षिक साधरसभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सोमवार सम्पन्न भएको छ । सामुदायिक वनको सार्वजनिक सुनुवाई कार्यक्रममा आर्थिक वर्ष ०७७÷०७८को असाढ मसान्त सम्मको ६ लाख ६७ हजार ६ सय ६६ रुपियाँ वरावरको कार्य समितिका सचिवको प्रतिनिधि जालीराम कठरियाले प्रस्तुत गर्नु भएको थियो ।

यस्तै कार्यक्रममा उपभोक्ताहरुले सामुदायिक वन संरक्षण तथा वन व्यवस्थापन गर्दा आई पर्ने समस्या चुनौती र अवसर वारे प्रश्न जवाफ समेत गरेका थिए । यसका साथै सामुदायिक वनवाट आवश्यक पर्ने काठ दाउरा आपूर्तिको सहजता लागि कार्य समितिसंग आग्रह समेत गरेका थिए । सिशैया गाउँका भलमन्सा गया प्रसाद कठरियाको स्वागत मन्तव्यसंगै शुरु भएको कार्यक्रममा सामुदायिक वनका उपभोक्ता सिता देवि चौधरी, प्रहरी चौकी पहलमानपुरका प्रतिनिधी समाजसेवी तथा शिक्षक जालीराम कठरिया लगायतकाले बोल्नु भएको थियो ।

पशुपतीनाथ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बालख राम कठरियाको सभापत्विमा भएको कार्यक्रममा घोडाघोडी नगरपालिका वडा नं. ११ वडा अध्यक्ष दान सिंह जोगी प्रमुख अतिथि रहनु भएको थियो । भने तिल्कहनीपुर सामुदायिक वन उपभोक्ता समुहका सल्लाहकार समितिका सदस्य हरि प्रसाद जोशी, जालीराम कठरिया, महादेव सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सामुदायिक दर्ताका साथै वन व्यवस्थापनको क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

सम्मानीत हुनेमा शिक्षक तथा समाजसेवी जालीराम कठरिया, वन हेरालु हरिवावु कठरिया, डिभिवन वन कार्यालय पहलमानपुर, सव डिभिजन वन कार्यालय सुखड तथा मातहतका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । भने कार्यक्रमको सहजीकरण विवश चौधरीले गर्नु भएको थियो ।

धनगढीमा एक युवक मृत फेला, हत्या आशंका
फाल्गुन २३, १७:०९
आज अन्तर्राष्ट्रिय महिला दिवस
फाल्गुन २३, १७:०९