अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

सामुदायिक वनको खाली जग्गामा बेसार खेती गरि लाखौ आम्दानी गर्दै कैलालीको लोटहुवा सामुदायिक वन

सामुदायिक वनको खाली जग्गामा बेसार खेती गरि लाखौ आम्दानी गर्दै कैलालीको लोटहुवा सामुदायिक वन

कैलालीको लोटहुवा सामुदायिक वनको खाली जग्गामा खेती गरेर उपभोक्ताले करिब सय क्वीन्टल बेसार उत्पादन गरेका छन् ।कैलारी गाउँपालिका–७ स्थित सो सामुदायिक वनको पाखो बलौटे जग्गामा खेती गरेर सामुदायिक वनका उपभोक्ताले बेसार उत्पादन गरेका हुन । ‘तीन बिघा बलौटे जमिनमा बेसार खेती गरेका थियौं’, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मुसम्पीदेवी चौधरीले भनिन् ।

‘उत्पादन राम्रो भएको छ ।’अध्यक्ष चौधरीका अनुसार २०५७÷५८ मा दर्ता भएको सो सामुदायिक वनमा यो वर्ष पहिलो पटक खेती गरिएको थियो । रुख विरुवा नभएको खाली जमिनलाई सदुपयोग गर्ने र सामुदायिक वन उपभोक्ता समितिको आम्दानी बढाउने उद्देयले बेसार खेती गरिएको हो ।‘यत्तिका वर्षसम्म त्यत्तिकै खाली रहेको जमिनमा यो वर्ष पहिलो पटक बेसार खेती गरेका हौं’, उनले भनिन् । ‘करिब एक सय क्वीन्टल उत्पादन भएको छ ।

’सामुदायिक वनमा लगाइएको सबै बेसार उपभोक्ताले खनिसकेका छन् । भारतको दुधुवा नेशनपार्कसंग जोडिएको सो सामुदायिक वन ७५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । मोहनपुर, रतनपुर, शिवपुर, नारायणपुर र तिघरी गाउँका गरि करिब दुई हजार उपभोक्ता सामुदायिक वनमा आवद्ध रहेको जनाइएको छ ।सामुदायिक वनमा रहेको खाली जग्गामा बेसार खेतीका लागि कैलारी गाउँपालिकाले अनुदान दिएको थियो ।

बेसार खेती गर्नका लागि गाउँपालिकाको विपद् व्यवस्थापन तथा वनवातावरण समितिमार्फत सामुदायिक वनहरुलाई एक÷एक लाख रुपियाँ अनुदान दिइएको गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले बताए ।उनका अनुसार गाउँपालिकाको अनुदानमा भुईयाँफाँटास्थित भुईयाँफाँटा सामुदायिक वन उपभोक्ता समितिले पनि करिब तीन बिघा जमिनमा बेसार खेती गरेको छ ।

नेपाली काँग्रेस कैलालीको जिल्ला उपसभापतिमा खेमराज चौधरी र भीम बडुवाल विजयी
फाल्गुन २०, १९:००
प्रदेश १ को नाम कोसी राख्न ओलीको सुझाव
फाल्गुन २०, १९:००