अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

घोडाघोडी नगरपालिका ३ निम्दीमा सोमबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

घोडाघोडी नगरपालिका ३ निम्दीमा सोमबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

कैलालीको घोडाघोडी नगरपालिका ३ निम्दीमा सोमबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नम्बर ३ को आर्थिक सहयोग र दरख स्वास्थ्य चौकीको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न हो । साबिक दरख भल्मन्सा कार्यसमितिको प्राङ्गणमा भएको एक निःशुल्क स्वास्थ्य शिविर बाट १ सय ९२ भन्दा बढी जनाले निःशुल्क रूपमा स्वास्थ्य सेवा लिएको बताइएको छ ।

चेकजाँचका क्रममा कति पयहरूमा आँखामा मोतीबिन्दुको समस्या देखिएको पाइएको छ । शिविरमा नाक, कान, घाँटी, छाला तथा यौन रोग, जनरल फिजिसियन सेवा, मधुमेह (सुगर), थाइराइड र रक्तचापका जाँच गरिएको थियो भने केही औषधीसमेत निःशुल्क वितरण गरिएको थियो ।गाउँघरमा यसरी निःशुल्क स्वास्थ्य सेवा लिन पाएकोमा स्थानीयले खुसी व्यक्त गरेका छन् ।

नागरिकको स्वास्थ्य सेवामा पहुँच पुराउने उद्देश्यले शिविरको आयोजना गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष कमल थारुले बताए । सामान्य खर्चको अभावमा उपचार गर्न नपाएका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको उनको भनाई थियो ।

५० प्रतिशत मत नपुगे पछि काङ्ग्रेस कैलालीको सभापति चयनका लागि फेरि निर्वाचन हुने,
फाल्गुन १६, १९:०३
भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
फाल्गुन १६, १९:०३