अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

घोडाघोडीमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न

घोडाघोडीमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न

कैलालीको घोडाघोडी नगरपालिका ३ निम्दीमा शनिवार एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । वडा नम्बर ३ को आर्थिक सहयोग र दरख स्वास्थ्य चौकीको आयोजनामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न हो ।दरख स्वास्थ्यको प्राङ्गणमा भएको निःशुल्क आँखा शिविर बाट ३ सय भन्दा बढी जनाले आँखा सम्बन्धी स्वास्थ्य सेवा लिएको बताइएको छ ।

चेकजाँचका क्रममा कति पयहरूमा आँखामा मोतीबिन्दुको समस्या देखिएको पाइएको छ । मोतीबिन्दुको समस्या देखिएका आँखा रोगीहरूलाई गेटा आँखा अस्पतालमा उपचारको व्यवस्था गरिएको स्वास्थ्य इन्चार्ज वसन्त चौधरीले बताए ।

पल साह अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ का निर्माता तथा निर्देशक थापा पक्राउ
फाल्गुन १४, १८:५५
रामजानकी सेवा समाजको नव निर्वाचित पदाधिकारीहरुलाई बधाई एवं शुभकामना कार्यक्रम कैलालीको बर्दगोरियामा सम्पन्न ।
फाल्गुन १४, १८:५५