अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो, पेट्रोल लिटरको एक सय ४५ रुपैयाँ

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो, पेट्रोल लिटरको एक सय ४५ रुपैयाँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य एक सय ४५ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य लिटरको एक सय २८ रुपैयाँ कायम भएको छ ।ग्यासमा घाटा भए पनि मूल्य नबढाइएको निगमले बताएको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप र पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ ६१ पैसा, डिजेल पाँच रुपैयाँ ६२ पैसा र हवाई इन्धन चार रुपैयाँ ९५ पैसा बढेर आएकाले नेपालमा पनि भाउ बढाएको निगमले जनाएको छ ।गएराति बढेको मूल्यमा बिक्री गर्दा पनि अबको १५ दिनमा निगमलाई दुई अर्ब १५ करोड रुपैयाँ घाटा हुने निगमको दाबी छ ।

गएको माघ मसान्तसम्म आफूले २४ अर्ब रुपैयाँ घाटा बेहोरिसकेको भन्दै निगमले पेट्रोलियम पदार्थ खरिदबापत आवश्यक पर्ने रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाइ राख्न कठिनाइ भएको बताएको छ ।

कञ्चनपुरमा भालुको पित्तसहित १ जना पक्राउ, कैलालीमा यार्सागुम्बा बरामद
फाल्गुन ८, ०८:०१
कैलालीमा विवाहमा झडप, एक युवकको मृत्यु ४ जना पक्राउ
फाल्गुन ८, ०८:०१