अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कञ्चनपुरमा भालुको पित्तसहित १ जना पक्राउ, कैलालीमा यार्सागुम्बा बरामद

कञ्चनपुरमा भालुको पित्तसहित १ जना पक्राउ, कैलालीमा यार्सागुम्बा बरामद

भालुको पित्त र यार्सागुम्बासहित १ जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको सयुक्त प्रहरी टोलीले कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ बाट एकजनालाई पक्राउ गरेको हो।जुम्ला कनिकासुन्दरी गाउपालिका ३ बस्ने ५७ वर्षीय बिर्ख धामीलाई अन्दाजी १५० ग्राम तौल भएको भालुको पित्त र २५ ग्राम यार्सागुम्बा फेला पारेको प्रहरीले बताएको छ।

अनुसन्धान गर्दै जाँदा कैलालीको गोदावरी नगरपालिका २ मा रहेको उनको डेराबाट थप ५०० ग्राम यार्सागुम्बा फेला पारी जम्मा ५२५ ग्राम यार्सागुम्बा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

नेपाल रेडक्रस सोसाइटी जोशीपुर उपशाखाको प्रथम अधिवेशन सम्पन्न
फाल्गुन ८, ०७:५८
पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो, पेट्रोल लिटरको एक सय ४५ रुपैयाँ
फाल्गुन ८, ०७:५८