पहलमानपुर स्वास्थ्य चौकी आम्वासामा संचालन भएको निशुल्क आँखा शिविरमा ५६८ जनाले लिए सेवा

कैलालीको पहलमानपुर स्वास्थ्य चौकीमा मंगलवार संचालन भएको निशुल्क आँखा शिविरमा ५६८ जनाले स्वास्थ्य सेवा लिएका छन । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ११ आम्वासमा आज अर्थात मंगलवार संचालन भएको १ दिने नि शुल्क आँखा शिविरमा वडा भित्रका जम्मा ५६८ जनले आँखा जाच गराएको बताइएको छ । आज बिहान १० वजे देखि पहलमानपुर स्वास्थ्य चौकीमा नि शुल्क आँखा शिविर भएको थियो ।
घोडाघोडी नगरपालिका वडा नं. ११को आर्थिक सहयोग तथा धनगढी नेत्रालयको आयोजनामा आँखा शिविर संचालन भएको हो । घोडाघोडी नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ मा स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत वडा भित्रका जेष्ठ नागरिकहरुलाई स्थानिय स्तरमै आँखा सम्बन्धी सेवा प्रवाह गर्न सहजता हुनुका साथै आँखाका विरामीहरुलाई विना शुल्क आँखा चेकजाज गराई सेवा लिन सहयोग पुगाउने उद्देश्यले नि शुल्क आँखा शिविरको आयोजना गरेको घोडाघोडी नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष दान सिंह जोगीले बताउनु भएको छ ।

वडामा पुरानो भन्दा पुरानो आँखाका विरामीहरुले आर्थिक अभावका कारण समयमै आँखाको उपचार गराउन नसकेका आँखाका विरामीहरुले नि शुल्क शिविरमा आँखा जाच गराएको जनाइएको छ । १ दिने नि शुल्क आँखा शिविरमा ५५ जनाको आँखा अप्रेशन गर्नु पर्ने र शिविरमा १५७ जनाले नि शुल्क चस्मा पाएका छन । बाकी अन्यले आँखा जाच गराएको वडा सचिव प्रमोद कुमार कुश्मीले रेडियो मनको मझेरीलाई जानकारी दिनु भएको छ ।