घोडाघोडी क्याम्पसका विद्यार्थिद्धारा शुक्रबार शहिदहरुको तस्विरमा माला’अर्पण गरि शहिद दिवस मनाइयो

घोडाघोडी बहुमुखि क्याम्पसमा शुक्रबार शहिदहरुको तस्विरमा माल्याअर्पण गरि शहिद दिवस मनाइएको छ ।
क्याम्पसका स्नातक तह प्रथम वर्षका विद्यार्थिहरुको आयोजनामा आज उक्त शहिद दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले विभिन्न काल खण्डमा अन्यायको विरुद्ध जनताकालागि लडदै गर्दा शहादत प्राप्त गर्ने शहिद हरुलाइ स्मरण गर्नुका साथै उनिहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कार्यक्रममा स्नातक तहका प्रथम वर्षका विद्यार्थि तथा आजको कार्यक्रमका सभापति नारायण आचार्य , घोडाघोडी साहित्यिक मञ्चका अध्यक्ष भरत कुमार शाहि , प्रमुख अतिथि एवम् सहायक क्याम्पस चिफ छेमा नन्द जोशि , तथा विशिष्ठ अतिथि निवर्तमान क्याम्पस प्रमुख दिनेस राज जोशि लगायतले बोलेका थिए ।
यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहिद सप्ताह मनाउने परपम्परा छ । राणा शासन बिरूद्ध लडेका शहिदहरूको सम्झनामा शहीद दिवस मनाउन थालिएको हो ।
यस दिन शहीद धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र लखन थापामगर लगायतका शहीदहरूको सम्झना गरिन्छ ।