अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीको बर्दगोरियाबाट लागुऔषद सहित क्लिनीक सञ्चालक पक्राउ

कैलालीको बर्दगोरियाबाट लागुऔषद सहित क्लिनीक सञ्चालक पक्राउ

कैलालीमा लागुआषद सहित एकजना क्लिनीक सञ्चालक पक्राउ परेका छन । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ स्थित मुडा बजारमा भुपू शैनिक क्लिनीक सञ्चालन गर्दै आएका ३८ वर्षिया लाल बहादुर बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।


आगुऔषदको कारोवार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुखड र बौनियाँको प्रहरी टोलिले उनलाई बुधबार क्लिनीकबाटै पक्राउ गरेको हो ।

उनको क्लिनीकबाट ७ सय ४० क्याप्सुल ट्रामाडोल, १ सय १० क्याप्सुल ओपिडोल र ६ सय ७५ ट्याब्लेट एबिल नाम लेखिएको औषधी समेत बरामत गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।

पक्राउ परेका बिश्वकर्मालाई लागुऔषध कारोबारमा मुद्धा चलाउने तयारी भईरहेको प्रहरीको भनाई छ ।

बलात्कार आरोपमा पक्राउ परेका भाइरल कैलालीका अर्जुन बिक ५० हजार धरौटिमा छुटे
माघ १५, १३:५४
घोडाघोडी क्याम्पसका विद्यार्थिद्धारा शुक्रबार शहिदहरुको तस्विरमा माला’अर्पण गरि शहिद दिवस मनाइयो
माघ १५, १३:५४