अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न

नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न

काठमाडौं :  नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न भएको छ । 
नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त रुपमा अध्यक्षता गरेको आयोगको छैठौं बैठक भर्खरै सम्पन्न भएको हो । 

बैठकमा व्यापार, पारवहन, ऊर्जा, सीमा विवाद, कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहयोग, भौतिक पूर्वाधार, लगानी, कृषि, पर्यटनसहित नेपाल–भारत सम्बन्धका सबै विषयमा छलफल भएको बताइएको छ । 

बैठकमा दुवै देशका परराष्ट्र, वाणिज्य, अर्थ र ऊर्जालगायत क्षेत्रका उच्च अधिकारीको सहभागीता रहेको थियो । बैठक सम्पन्न भए लगत्तै परराष्ट्रमन्त्री ज्ञवालीले प्रवचन दिँदैछन् । 

परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार दिल्ली पुगेका हुन् । बैठकअघि ज्ञवालीले भारतीय विदेशमन्त्री जयशंकरसँग शुक्रबार छुट्टै भेटवार्ता गरेका थिए । 

आज देशभर २७० संक्रमित थपिए पछिल्लो 24 घण्टामा 5 जनाको मृत्यु
माघ २, १८:२७
कैलालीमा लागूऔषधसहित पाँच जना पक्राउ
माघ २, १८:२७