अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

बर्दगोरिया ३ मा जग्गा को निस्सा बितरण÷ छिट्टै जग्गाको नाप नक्साको काम सुरु गरिने अध्यक्ष कुँवरको भनाई

बर्दगोरिया ३ मा जग्गा को निस्सा बितरण÷ छिट्टै जग्गाको नाप नक्साको काम सुरु गरिने अध्यक्ष कुँवरको भनाई

बर्दगोरिया गाउपालिका वडा नम्बर ३ मा जग्गा को निस्सा बितरण कार्य जारी रहेको छ ।राष्ट्रिय भुमी आयोग संग भएको सम्झौता बमोजिम भुमिहिन शुकुम्बाशी ,भुमिहिन दलित, र अव्यवस्थित बसोबासिहरुलाई जग्गाको निस्सा बितरण गरिएको हो । बर्दगोरिया गाउपालिका वडा नम्बर ३ मा आज सोमबार गाउपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले जग्गाको निस्सा बितरण कार्यको अवलोकन गर्दै चाडै बर्दगोरिया बासिले लालपुर्जा पाउने बताए ।

वडा अध्यक्ष मनरिशी आचार्यले टोल अनुसार छुटाएर स्थानियलाई जग्गाको निस्सा बितरण गरिरहेको बताए । पालिकाको लक्ष्य अनुसार कयौं बर्ष देखि अव्यवस्थित र भुमिहिनहरुले एलानी जग्गाको उपभोग गर्दै आए पनि हातमा लालपुर्जा नपाएर जग्गाको मालिक बन्न पाएका थिएनन् ।सोही अनुरुप निस्सा बितरण कार्यलाई अगाडी बढाउदा अब सबै जग्गाको मालिक बन्ने प्रमाणका रुपमा जग्गाको निस्सा बितरण कार्यलाई अगाडी बढाएको पालिका अध्यक्ष कुँवरले बताए । जग्गाको निस्सा पाउँदा स्थानियमा खुशी छाएको छ ।

साथै आफुले भोग चलन गर्दै आएको जग्गाको लालपुर्जा अब छिट्टै पाउने कुरा सुन्दा हर्षित हुँदै स्थानियले पालिका अध्यक्ष कुँवरलाई धन्यवाद समेत दिए । पालिका अध्यक्ष कुँवरका अनुसार आफुले उपभोग गर्दै आएका जग्गा धनिले अब चाडै लालपुर्जा समेत पाउने बताए । उनले जग्गा जोत,उपभोग गर्दै आएको प्रमाण स्वरुप जग्गाको निस्सा बितरण गरिएको बताए ।

जग्गाको नाप नक्सा अहिले प्रदान गरिएको निस्साको आधारमा हुने उनले बताए । वडालाई चाडै जग्गाको निस्सा बितरण सक्न निर्देशन गर्दै वडा नम्बर ३ बाटै जग्गाको नाप नक्साको काम अगाडी बढाउने अध्यक्ष कुँवरले बताए ।

उनले भने हामी पालिकाबसिलाई जग्गा धनी बनाउने अभियानमा लागेका छौ ,यसकार्यमा सबैले सहयोग गर्न आव्हान समेत गरे ।

वडाले सूचना जारी गरे अनुसार विभिन्न टोल छुटाएर माघ ११ गते सम्म जग्गाको निस्सा बितरण गर्ने छ ।

कैलालीको कैलारी गाउँपालिकामा आँखा जाँच शिविर सञ्चालन
माघ ९, २०:३९
खाध्य सुरक्षा कार्यक्रम अन्र्तगत लम्कीचुहा नगरपालिकाका ८ सय ५० घरधुरी लाभान्वित
माघ ९, २०:३९