अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

बहुसरोकारवाला विवाद समाधानका लागि ३ दिने तालिम कैलालीको जोशीपुरमा शुरु

बहुसरोकारवाला विवाद समाधानका लागि ३ दिने तालिम कैलालीको जोशीपुरमा शुरु

बहुसरोकारवाला विवाद समाधानका लागि ३ दिने तालिम सोमवार देखि सोल्टी होटेल जोशीपुरमा शुरु भएको छ । जिल्लाको जोशीपुरमा बहुसरोकारवाला विवाद समाधानका लागि ३ दिने तालिम दिन थालिएको बताइएको छ । जोशीपुर गाउँपालिका न्यायिक समितिको आयोजनामा भएको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले सहजीकरण गरि रहेको छ ।

न्यायिक समिति संयोजक रेखा देवी कठरिया को सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जोशीपुर गा.पा.अध्यक्ष चित्र बहादुर चौधरी रहनु भएको थियोे । यस्तै अतिथिहरुमा जोशीपुर गाउपालिका वडा नं. १ देखि ७ न.वडा अध्यक्षहरु रहेका थिए । भने न्यायिक समिति सदस्य राम बहादुर चौधरी, सुमित्रा चौधरी,उजुरी प्रशाशक अधिकृत अमृता सिंह चौधरीको समेत सहभागी रहनु भएको थियो ।

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल सुदुर पश्चिम क्षेत्रका क्षेत्रीय संयोजक बल्लु चौधरी, रिता कुमारी चौधरी,लगायतले सहजीकरण गरि राद्यनु भएको छ ।

बहुसरोकारवाला विवाद समाधानका लागि ३ दिने तालिममा १ न.वडा देखि ७ न.वडा का मेलमिलापकर्ताहरुलाई तालिम दिन लागिएको आयोजकले जनाएको छ ।

धनगढी र सुर्खेतबाट आजदेखि श्रम स्वीकृति दिन थालियो
माघ ९, २०:३३
कैलालीको कैलारी गाउँपालिकामा आँखा जाँच शिविर सञ्चालन
माघ ९, २०:३३