अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

१ महिने थ्री फेज मोटर, पानी मोटर तथा पंख मर्मत तालिम कैलालीको जोशीपुरमा शुरु ।

१ महिने थ्री फेज मोटर, पानी मोटर तथा पंख मर्मत तालिम कैलालीको जोशीपुरमा शुरु ।

१ महिने थ्री फेज मोटर, पानी मोटर तथा पंख मर्मत तालिम कैलालीको जोशीपुरमा शुरु भएको छ ।जिल्लाको जोशीपुर गाउँपालिका वडा नं. २ जोशीपुर वजारमा १ महिने थ्री फेज मोटर, पानी मोटर तथा पंख मर्मत तालिम शनिवार देखि शुरु छ ।

कैलाली इलेक्ट्रोनिक टेक्नििसयन एसोसियन जोशीपुर र सुदुरपश्चिम विद्युतिय प्राविधिक समाज घोडाघोडी १ सुखडको आयोजनामा १ महिने थ्री फेज मोटर, पानी मोटर तथा पंख मर्मत तालिम शुरु भएको छ ।

कैलाली इलेक्ट्रोनिक टेक्नििसयन एसोसियन अध्यक्ष प्रेम चौधरीको अध्यक्षतामा शुरु भएको कार्यक्रममा जोशीपुर वजार व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ प्रसाद चौधरीले तालिमको उदघाटन गर्नु भएको हो ।

तालिम उदघाटन गर्दै प्रमुख अतिथि समेत रहनु भएका जोशीपुर वजारका अध्यक्षले स्थानिय सरकारले स्थानिय स्तरमा सिप मुलक तालिमहरु संचालन गर्नु पर्नेमा स्थानिय संघ संस्थाले समाजमा वेरोजगार युवा युवतीहरुलाई स्वरोजगार बनाउन गरेको सिप मुलक तालिमले धेरै प्रशंसनिय कार्य गरेको भन्दै आयोजक संस्थालाई धन्यवाद समेत दिनु भएको छ ।

स्थानिय स्तरमा संघ संस्था यस्तो सिप मुलक तालिम संचालन गरेर समाजमा स्वरोजगार बनाउने काम गरेले स्थानिय सरकारले संस्थालाई सहयोग गरिदिन आग्रह समेत गर्नु भएको छ

। कैलाली इलेक्ट्रोनिक टेक्नििसियन एसोसियनका सदस्य देव बहादुर चौधरीको स्वागत मन्तव्यसंगै शुरु भएको तालिम उदघाटन कार्यक्रममा सुदुरपश्चिम विद्युतिय प्राविधिक समाजक अध्यक्ष सुमन कुमार चौधरी समाजसेवी तथा शिवशक्ति इलेक्ट्रोनिकका संचालक फट्टे राम चौधरी थारु गुरुवा बैदवा सोह्नििया सेवा समाजका सल्लाहकार फट्टे राम चौधरी लगायतको सहभागीता रहेको थियो ।

१ महिने थ्री फेज मोटर, पानी मोटर तथा पंखा मर्मत तालिमा मोहन्याल गाउँपालिका , जानकी गाउँपालिका, टिकापुर नगरपालिका, भजनी नगरपालिका र बर्दगोरिया गाउँपालिका घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिका लगायतको २५ जनाको सहभागीतामा तालिम संचालन भै रहेको छ।

तालिमको प्रशिक्षण पदम बहादुर चौधरीले गरि राख्नु भएको छ भने तालिमको उदघाटन सत्रमा सहजिकरण रेडियो मनको मझेरी ९१ मेगाहर्ज पहलमानपुरका प्रवन्ध निर्देशक विवश चौधरीले गर्नु भएको थियो ।

कैलालीको आम्वासामा भुरा खेल सम्पन्न ५१ मत ल्याएर भलमन्सामा धनीराम चौधरी निर्वाचित
माघ ७, १९:११
The way to select a Data Area Provider with regards to M&A Trades
माघ ७, १९:११