अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीमा आयोजनाका नाममा जथाभाबी क्रसर सञ्चालन, विवरण पेस गर्न प्रशासनको निर्देशन

कैलालीमा आयोजनाका नाममा जथाभाबी क्रसर सञ्चालन, विवरण पेस गर्न प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लमा सञ्चालित आयोजनाको विवरण पेस गर्न आयोजना कार्यालयलाई निर्देशन दिएको छ ।आयोजनाका नाममा जथाभाबी चलेका क्रसरलाई व्यवस्थित गर्न गराउन कार्यालयहरूलाई सो निर्देशन दिएको हो ।

जिल्लामा आयोजनाका नाममा जथाभाबी क्रसर सञ्चालन भएको पाइएकोले नियन्त्रण गर्न जरुरी रहेको हुँदा कार्यालयले सोमबार भित्र विवरण पेस गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए ।आयोजना कहिले सञ्चालन भएको? सम्पन्न हुने मिति, के कति नदीजन्य पर्दाथ (ढुङ्गा, बालुवा, गिट्टी) आवश्यक हो र कति मौज्दात रहेको छ भनेर विस्तृत विवरण माग गरिएको उनले बताए ।

प्रशासनले जिल्लामा अवैध रूपमा सञ्चालनमा रहेका ४ क्रसर कम्पनीलाई बन्द गर्न निर्देशन दिई सकेको छ । भने आयोजनाका नाममा जथाभाबी सञ्चालनमा रहेका क्रसरलाई नियन्त्रण गर्न विवरण माग गरिएको उनले बताए ।उनले भने क्रसरलाई बन्द गराइँदा विकास निर्माणमा अप्ठ्यारो हुन्छ । ठप्पै बन्द गर्न त भन्न सकिँदैन तर, कानुन सम्मत ढङ्गले आयोजनाका नाममा रहेका क्रसर जानुपर्छ ।

शुक्रवार सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी अध्यक्षतामा आयोजना कार्यालयका पदाधिकारी तथा कन्स्ट्रक्सन सञ्चालक लगायतसँग छलफल गरेका थिए ।

घोडाघोडी नगरपालिकाले सम्झौता नै नगरी ठेकेदारलाई नदीजन्य बस्तुको निकासी पैठारी गराउदै
माघ ६, १८:०३
घोडाघोडीमा हाट बजार सञ्चालनमा ल्याउन छलफल
माघ ६, १८:०३