अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

संस्कृति संरक्षणका लागि संस्कृति पुस्तान्त्रण एवं माघी मिलन तथा सांस्कृति कार्यक्रम सेवकलियामा सम्पन्न ।

संस्कृति संरक्षणका लागि संस्कृति पुस्तान्त्रण एवं माघी मिलन तथा सांस्कृति कार्यक्रम सेवकलियामा सम्पन्न ।

थारु समुदायको नयाँ साल माघी पर्वको अवसरमा कैलालीको सेवकलियामा माघी मिलन एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ५ सेवकलियामा गाउँमा थारु समुदायको नयाँ साल माघको अवसरमा संस्कृति संरक्षणका लागि संस्कृति पुस्तान्त्रण एवं माघी मिलन तथा सांस्कृतिक कार्यक्रम मंगलवार सेवकलियामा भव्य रुपमा सम्पन्न भएको छ ।

संस्कृति संरक्षणका लागि युवा पुस्ताहरुलाई संस्कृति पुस्तान्त्रण कार्यक्रमको आयोजना गरिएको थियो । माघ ३ गते भएको माघी मिलन तथा सांस्कृतिक कार्यक्रम कैलाली क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य गंगा राम चौधरीले कुने पनि समुदायको पहिचान भनेकै भाषा, कला, संगित, पुजा पाठ नै पहिलो पहिचान भएको बताउनु भएको छ ।

संस्कृति संरक्षण गर्नका लागि गरिएको माघी मिलन तथा संस्कृति पुस्तान्त्रण कार्य आफैमा एउटा गम्भिर र आजको आवश्यता भएकोले सेवकलिया गाउँले आयोजना गरिएको माघी मिलन कार्यक्रम सवै भन्द फरम समय सान्दर्भीक तथा अति महत्वपूर्ण कार्यक्रम गरेको भन्दै आयोजक गाउँलाई धन्यवाद समेत दिनु भएको छ ।

संस्कृति संरक्षणका लागि संस्कृति पुस्तान्त्रण एवं माघी मिलन कार्यक्रमको सेवकलिया गाउँका भलमन्सा साहु राम चौधरीको सभापत्विमा भएको कार्यक्रममा कैलाली क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य गंगा राम चौधरी प्रमुख अतिथि रहनु भएको थियो । भने घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावत, नगर उप प्रमुख गुलिया कुमारी चौधरी विशिष्ट अतिथि रहनु भएको थियो । यस्तै घोडाघोडी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष लोक बहादुर चन्द, वडा नं. ७ वडा वडा अध्यक्ष जुग राम चौधरी, वडा नं. ९ का वडा अध्यक्ष हरिचन्द्र शाह र वडा नं. १० का कार्य बाहक वडा अध्यक्ष रोहीत बम लगायतका जनप्रतिनिधी रहनु भएको थियो .

,यस्तै संस्कृति विद तथा आर्थिक एवं सामाजिक विशेषज्ञ डा. राम बहादुर चौधरी, डल्फिन संरक्षणकर्मी एवं सामाजिक अभियन्ता विजय राज श्रेष्ठ नेपाल पन्छी संरक्षणका हिरु लाल डगौरा, थारु गुरुवा वैदवा, सोह्ीनिया सेवा समाजका अध्यक्ष शंकर कठरिया, घोडाघोडी थारु गुरुवा बैदवा सोह्नििया सेवा समाजका अध्यक्ष टेसन लाल चौधरी लगायतका अतिथिहरु सहभागी रहुन भएएको थियो । सेवकलिया गाउँका युवा समाज सेवी पंच राम चौधरीको स्वागत मन्तव्यसंगै शुरु भएको कार्यक्रममा शोभा राम चौधरीले कार्यक्रमको अवधारणा वारे प्रस्तुत गर्नु भएको थियो ।

यस्तै संस्कृति संरक्षणका लागि संस्कृति पुस्तान्त्रण कार्यक्रममा सुदुरपश्चिम विद्युतिय प्राविधक समाजका संल्लाहकार प्रेम चौधरीले विद्युतिय उपकरण र यसको उपयोगीता तथा सावधानी वारेमा धारणा राख्नु भएको थियो । सेवकलिया गाउँ समाजको आयोजनामा पहिलो पटक माघी मिलन तथा सांस्कृतिक कार्यक्रम एवं संस्कृति पुस्तान्त्रण कार्यक्रमको आयोजना गरिएको थियो । माघी मिलन थारुहरुको नयाँ वर्ष भएकोले गाउँमा सामाजिक सदभावका लागि बृहत सांस्कृतिक कार्यक्रमका साथै आफ्नो भाषा, कला, संस्कृति, संरक्षण गर्न र संस्कृतिको महत्व बुझाउन कार्यक्रमको आयोजना गर्न गरिएको सेवकलिया गाउँका भलमन्सा साहु राम चौधरीले बताउनु भएको छ ।

वर्ष दिनमा आउने यो माघी पर्व लाई नयाँ सालको रुपमा थारु समुदायले धुमधामसंग मनाउने हुनाले उक्त पर्व मनाउन गाउँवाट कामको शिलशिलामा बाहिर गएको दाजु भाई दिदि बहिनीहरु पर्व मनाउन आफ्नो गाउँ आउने भएकोले सवैसंगको भेटघाट रमाईलो हुनुको साथै आफ्नो भाषा संस्कृतिको जर्गेना गर्न युवा पुस्ताहरुलाई संस्कृति संरक्षण गर्न यसको महत्व बुझाई सक्रिय बनाई सामुहीक रुपमा माघ पर्व मनाउन नयाँ प्रयास गरिन लागेको बताइएको छ ।हमार भाषा, हमार संस्कृति हमार पहिचान, यकर संरक्षण कर्ना हमार साझा अभियान भन्ने मुल नाराका साथ पहिलो पटक माघी मिलन तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको बताइएको छ ।

उक्त कार्यक्रममा थारु समुदायको पौराणीक तथा ऐतिहाँसीक जोशीपुरको मुङग्रहवा नाच, जोशीपुर भंगैया गाउँको झुम्रा नाच, यस्तै घोडाघोडी नगरपालिका वडन नं. १२ वनवर्षा गाउँको सखिया नाच लगायतको सांस्कृतिक झाकी प्रर्दशन गरिएको थियो । यस्तै राष्ट्रिय थारु माहालोक गायक मनी राम चौधरीको विशेष प्रस्तुती रहेको थियो भने स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहेको थियो ।

सेवकलिया गाउँ समाजको आयोजना तथा समाज परिवर्तनका लागि वातावरण संरक्षण प्रवद्र्धन नेपाल र सुदुरपश्चिम विद्युतीय प्राविधिक समाजको आर्थिक एवं प्राविधिक सहयोगमा माघी मिलन तथा बृहत सांस्कृति कार्यक्रम सम्पन्न भएको हो ।

The Importance of a Carefully constructed Board of Directors Meeting
माघ ४, ०८:३६
सुदूरपश्चिमको उपसभामुखमा चौधरी निर्वाचित
माघ ४, ०८:३६