अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

सुदूरपश्चिममा सभामुखमा सत्ता गठबन्धनलाई समर्थन गर्न अध्यक्ष श्रेष्ठको निर्देशन

सुदूरपश्चिममा सभामुखमा सत्ता गठबन्धनलाई समर्थन गर्न अध्यक्ष श्रेष्ठको निर्देशन

नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ धनगढी आइपुगेकी छन्। धनगढी पुगे लगत्तै उनले आफ्ना प्रदेश सांसदहरूलाई बैठकमा बोलाएकी हुन्।विज्ञापन

धनगढीको एक होटलमा अध्यक्ष श्रेष्ठ र सांसदहरूबीच भेटवार्ता भइरहेको हो। पार्टी अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिएकी छन्। सोमबार धनगढी पुगेकी अध्यक्ष श्रेष्ठले प्रदेशसभा सदस्यहरूसँग भेट्दै सभामुख चयनमा सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएकी हुन्। विज्ञापन

उनले सभामुखमा समर्थन गरे पनि प्रदेशसभा सदस्यहरूलाई प्रतिपक्षमा बस्न निर्देशन दिएकी छन्। तर, सुदूरपश्चिम प्रदेशसभामा भने सो दलका सदस्यहरू सत्तापक्षमै बसेका छन्। प्रदेशमा नागरिकले निर्णय लिन नसक्दा सुदूरपश्चिम प्रदेशले सभामुख पाउन सकेको छैन। माओवादी केन्द्रबाट भीम भण्डारी र नेपाली कांग्रेसबाट मनाबहादुर रावल सभामुखका उम्मेदवार छन्।

सेवकलियामा आज माघी मिलन तथा सांस्कृति कार्यक्रम शुरु हुदै कार्यक्रमको कैलाली क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य गंगा राम चौधरीले उदघाटन गर्ने ।
माघ ३, ०७:०८
Максим Криппа о трудностях тренировок в футболе
माघ ३, ०७:०८