सेवकलियामा भोली हुने माघी मिलन तथा सांस्कृति कार्यक्रमको तयारी पुरा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य गंगा राम चौधरीले उदघाटन गर्ने ।

थारु समुदायको नयाँ साल माघी पर्वको अवसरमा कैलालीको सेवकलियामा भोली माघी मिलन एवं सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ५ सेवकलियामा गाउँमा थारु समुदायको नयाँ साल माघको अवसरमा माघी मिलन एवं सांस्कृतिक कार्यक्रम तथा संस्कृति संरक्षणका लागि युवा पुस्ताहरुलाई संस्कृति पुस्तान्त्रण कार्यक्रमको आयोजना गरिएको छ ।
भोली माघ ३ गते हुन गै रहेको माघी मिलन तथा सांस्कृतिक कार्यक्रमको लागि आवश्यक सम्पूर्ण तयारी समेत पुरा भएको छ ।सेवकलिया गाउँ समाजको आयोजनामा पहिलो पटक माघी मिलन तथा सांस्कृतिक कार्यक्रम एवं संस्कृति पुस्तान्त्रण कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक सेवकलिया गाउँ समाजले जनाएको छ ।

भोली संचालन हुने उक्त कार्यक्रमको लागि गाउँमा सामाजिक सदभावका लागि बृहत सांस्कृतिक कार्यक्रमका साथै आफ्नो भाषा, कला, संस्कृति, संरक्षण गर्न र संस्कृतिको महत्व बुझाउन कार्यक्रमको आयोजना गर्न गरिएको सेवकलिया गाउँका भलमन्सा साहु राम चौधरीले बताउनु भएको छ ।

वर्ष दिनमा आउने यो माघी पर्व लाई नयाँ सालको रुपमा थारु समुदायले धुमधामसंग मनाउने हुनाले उक्त पर्व मनाउन गाउँवाट कामको शिलशिलामा बाहिर गएको दाजु भाई दिदि बहिनीहरु पर्व मनाउन आफ्नो गाउँ आउने भएकोले सवैसंगको भेटघाट रमाईलो हुनुको साथै आफ्नो भाषा संस्कृतिको जर्गेना गर्न युवा पुस्ताहरुलाई संस्कृति संरक्षण गर्न यसको महत्व बुझाई सक्रिय बनाई सामुहीक रुपमा माघ पर्व मनाउन नयाँ प्रयास गरिन लागेको बताइएको छ ।

हमार भाषा, हमार संस्कृति हमार पहिचान, यकर संरक्षण कर्ना हमार साझा अभियान भन्ने मुल नाराका साथ पहिलो पटक माघी मिलन तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको बताइएको छ । उक्त कार्यक्रममा थारु समुदायको पौराणीक तथा ऐतिहाँसीक नाच मुङग्रहवा, झुम्रा, हुरदुङवा नाच, डफ, सखिया नाच लगायतको सांस्कृतिक झाकी प्रर्दशन हुनुका साथै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने छ ।
सेवकलिया गाउँ समाजको आयोजना तथा समाज परिवर्तनका लागि वातावरण संरक्षण प्रवद्र्धन नेपाल र सुदुरपश्चिम विद्युतीय प्राविधिक समाजको आर्थिक एवं प्राविधिक सहयोगमा माघी मिलन तथा बृहत सांस्कृति कार्यक्रम हुन लागेको छ ।

भोली हुने माघी मिलन एवं सांस्कृतिक कार्यक्रम तथा संस्कृति संरक्षणका लागि पुस्तान्त्रण कार्यक्रमको एक भव्य कार्यक्रमको कैलाली क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य गंगा राम चौधरीले उदघाटन गर्ने कार्यक्रम रहेको आयोजक सेवकलिया गाउँ समाजले जनाएको छ ।
