माघी पर्वको अवसरमा घोडाघोडी नगरपालिकाद्धारा थप एक दिन बिदा

थारु समुदायको महान् पर्व माघीको अवसरमा कैलालीको घोडाघोडी नगरपालिकाले थप एक दिन बिदा दिएको छ । एक सूचना प्रकाशित गर्दे नगरपालिकाले माघ २ गते स्थानीय बिदा दिएको हो ।
नगरपालिकाले माघ २ गतेका दिन पालिका अन्तरगर्तका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरू बन्द हुने जनाइएको छ । माघ १ गते सङ्घीय सरकारले बिदा दिने भएको हुँदा माघ २ गते स्थानीय तहले बिदा थप गरेको हो ।
विगतदेखि नै थारु समुदायले माघीको अवसरमा तीन दिन बिदा हुनुपर्ने माग गर्दै आएका छन् ।
