अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

चिसो तथा शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि घोडाघोडी नगपािलकाले ५ दिनका लागि दियो दियो विदा,

चिसो तथा शीतलहरले  जनजीवन कष्टकर बन्दै गएपछि घोडाघोडी नगपािलकाले ५ दिनका लागि दियो दियो विदा,

कैलालीको घोडाघोडी नगरपालिकाले जाडो बिदा दिएको छ । चिसो तथा शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएपछि ५ दिनका लागी जाडो बिदा दिएको हो । चिसो तथा शीतलहरका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्ने भन्दै नगरपालिकाले माघ २ गतेदेखि माघ ६ गते सम्म जाडो बिदा दिएको सूचनामार्फत जानकारी गराएको छ ।

विद्यालयहरूमा अर्धवार्षिक परीक्षाहरू सञ्चालन भई रहेकोले पूर्व निर्धारित कार्य तालिका अनुसार नै परीक्षा नियमित सञ्चालन गर्न शैक्षिक संस्थाहरूलाई अनुरोध गरीएको छ । चिसो हावासँगै शीतलहर समेत बढेकाले कैलालीमा जाडो बढेको हो ।

बढ्दै गएको शीतलहरले मानव जीवनसँगै घरपालुवा जनावरलाई पनि थप असर परेको छ । बाक्लो हुस्सु लागेका कारण घाम लाग्न छोडेपछि यहाँ चिसो बढेको हो । केही दिनदेखि एक्कासि बढेको चिसोका कारण बालबालिका, वृद्ध वृद्धा र विपन्न परिवार बढी प्रभावित भएका छन् ।

LGBTQ Dating Guide for 2020: factors to Know and guidelines
पुष २६, १७:५८
Deciding on a Commercial Anti virus Solution
पुष २६, १७:५८