अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो पेट्रोल, डिजेलको ३÷३ रुपैयाँ घटयो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो पेट्रोल, डिजेलको ३÷३ रुपैयाँ घटयो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३÷३ रुपैयाँ घटाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ । निगमले हवाई इन्धनको मूल्य भने उच्च दरले घटाएको छ । वाहृय हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाएको छ भने आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको छ ।हवाई इन्धनमा बढी नाफा राख्दा यात्रुले आन्तरिक र बाहृय उडानका लागि महँगो शुल्क तिर्नुपरेको थियो ।

हवाई इन्धनमा चर्को शुल्क लिएको भन्दै चौतर्फी आलोचना भएपछि आइतबार आकस्मिक बसेको सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गरेर अघि बढ्ने सहमति,
पुष २५, ०७:५८
सुदूरपश्चिम प्रदेशमा एमालेका नेता राजेन्द्र रावल मुख्यमन्त्री हुने
पुष २५, ०७:५८