अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गरेर अघि बढ्ने सहमति,

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गरेर अघि बढ्ने सहमति,

रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबीच कार्यगत एकता भएको छ । दुवै पार्टीले उठाउँदै आएको थरुहट, मधेसका साझा धारणा र मुद्दाहरूलाई संयुक्त रूपमा उठाउने गरी कार्यगत एकता भएको हो । आइतबार नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले १२ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

संयुक्त जारी प्रेस विज्ञप्तिमा टीकापुर घटनाको राजबन्दीहरु लगायत रेशम चौधरीको रिहाइको लागि दुवै पक्षले पहल गर्ने, सरकारले ल्याएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ लाई संसद्बाट पारित गराइ प्रभावकारी कार्यान्वयनमा दबाब दिने, थरुहट र मधेस आन्दोलनसम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने, विभिन्न आन्दोलनमा सहभागी भएका नागरिक उन्मुक्ति र जनमत पार्टीका आस्थाका बन्दीहरूलाई लगाइएको झुट्टा मुद्दाहरू फिर्ता लिन कानुनी प्रक्रियामार्फत सरकारलाई दबाब दिने उल्लेख छ ।

बर्दगोरिया गाउपालिका वडा नम्बर १ मा आजवाट निस्सा बितरण कार्य सुरु
पुष २४, १९:०८
नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो पेट्रोल, डिजेलको ३÷३ रुपैयाँ घटयो
पुष २४, १९:०८