अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

सुदूरपश्चिम कांग्रेस संसदीय दलको नेतामा कमल शाह चयन

सुदूरपश्चिम कांग्रेस संसदीय दलको नेतामा कमल शाह चयन

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसले कमल बहादुर शाहलाई संसदीय दलको नेतामा चयन गरेको छ । उनी कैलालीको निर्वाचन क्षेत्र नम्बर २ (१) बाट प्रत्यक्षमा निर्वाचित सांसद हुन् । तीन दिनदेखि सहमति हुन नसकेको संसदीय दलको नेताका लागि बुधबार सहमति जुटेको हो। यसअघि कैलाली निर्वाचन क्षेत्र ५ (२) बाट प्रदेश सभा सदस्य जितेका प्रकाश देउवा संसदीय दलको नेताका लागि चुनाव गर्नुपर्ने पक्षमा देखिएका थिए भने सिनियर नेता भएकाले आफूले हुनुपर्ने माग कञ्चनपुर २ (२) बाट जितेका बहादुर सिंह थापाको थियो ।

कांग्रेस संसदीय दलका लागि यी दुई मात्रै होइन, कमलबहादुर शाह, दिवानसिंह विष्ट, मानबहादुर रावल, मेघराज खडकाको पनि दाबी थियो । मंगलबारसम्म सहमति हुन नसकेपछि, कांग्रेसका प्रदेश समितिका उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

उक्त निर्वाचन समितिले बुधबार दिउसो २ः३० बजेसम्म संसदीय दलको नेताका लागि दरखास्त आह्वान गरेको थियो । तर, निर्वाचन गराउँदा राम्रो सन्देश नजाने भन्दै अन्तिम समयमा नेताहरुबीच कमल बहादुर शाहका लागि सहमति भएको निर्वाचन समितिका सदस्य सुरत रावतले जानकारी दिए ।

संसदीय दलका दुबै उम्मेदवार, बहादुर सिंह थापाको प्रस्ताव र प्रकाश बहादुर देउवाको समर्थनमा एक मात्र दरखास्त परेकाले शाह संसदीय दलको नेतामा चयन भएका निर्वाचन समिति सदस्य रावतले जानकारी दिए ।

Finding the Best Mobile Antivirus Solution
पुष २०, १८:१५
सुदूरपश्चिम सरकार गठनका लागि २७ गतेभित्र दाबी पेश गर्न प्रदेश प्रमुख देवराज जोशीको आव्हान
पुष २०, १८:१५