अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भीक नतिजा अनुसार कैलालीको जनसंख्या ९ लाख, ७ हजार ८१६

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भीक नतिजा अनुसार कैलालीको जनसंख्या ९ लाख, ७ हजार ८१६

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भीक नतिजा अनुसार कैलालीको जनसंख्या ९ लाख, ७ हजार ८१६ पुगेको छ । जनगणना २०६८ अनुसार कैलालीको जनसंख्या ७ लाख, ७० हजार, २७९ रहेको थियो । यो तथ्यांक अनुसार कैलालीमा १० वर्षको अवधिमा १ लाख, ३७ हजार ५३७ जनसंख्या थपिएको देखिन्छ ।

स्थानीय तह अनुसार जिल्लामा धनगढी उप–महानगरपालिकामा सबै भन्दा बढी २ लाख, ४ हजार ७८८ र सबै भन्दा कम मोहन्याल गाउँपालिकामा २१ हजार, २८५ जनसंख्या रहेको छ । कैलालीमा जनसंख्याको हिसाबमा दोस्रो गोदावरी नगरपालिकामा ९९ हजार ९७४, तेस्रो लम्कीचुहा नगरपालिकामा ९० हजार, ९४१ र चौथो टीकापुर नगरपालिकामा ९० हजार ११५ जनसंख्या रहेको छ ।

५० हजार, ४५७ जनसंख्या रहेको कैलालीको कैलारी गाउँपालिका सुदुरपश्चिमकै सबै भन्दा बढी जनसंख्या भएको गाउँपालिका भएको छ ।

बाघको संख्या दोब्बर बनाउन योगदान पु¥याएबापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जलाई विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) पुरस्कार
माघ १४, ०८:०२
दुर्गेश थापाको नयाँ गीतमा आपत्तिजनक शब्द गीतमा केही सुन्न नसकिने शब्दहरु समेत समावेश
माघ १४, ०८:०२