अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

बाघको संख्या दोब्बर बनाउन योगदान पु¥याएबापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जलाई विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) पुरस्कार

बाघको संख्या दोब्बर बनाउन योगदान पु¥याएबापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जलाई विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) पुरस्कार

बाघको संख्या दोब्बर बनाउन योगदान पु¥याएबापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) को पुरस्कार पाएको छ।डब्ल्युडब्ल्युएफ नेपालले जनाएअनुसार पाटे बाघको संख्या बढाएकोमा बर्दिया राष्ट्रिय निकुन्जले डब्ल्युडब्ल्युएफ टिएक्सटु पुरस्कार जितेको हो।बर्दिया राष्ट्रिय निकुञ्जका साथै भारतको सत्य मंगलम टाइगर रिजर्भले पनि यो पुरस्कार पाएको छ।

बाघ संरक्षणमा उत्कृष्ट कामका लागि बर्दिया निकुञ्जको खाता वन संरक्षण क्षेत्रलाई यो पुरस्कार प्रदान गरिनेछ।खाता संरक्षण क्षेत्रले नेपाल–भारत सीमा क्षेत्रमा बाघको संरक्षणमा ठूलो भूमिका खेल्दै आएको छ।यो पुरस्कार यसै वर्ष सेप्टेम्बरमा रुसको भ्लादिभोस्तोक शहरमा हुने बाघ संरक्षणसम्बन्धी समारोहमा प्रदान गरिने डब्ल्युडब्ल्युएफले जनाएको छ।

अवार्ड विजेता बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या सन् २००९ मा २० भन्दा थोरै रहेकोमा सन् २०१८ मा ९० वटा अर्थात झण्डै ५ गुणाले बढेको हो।निकुन्ज विश्वको सर्वाधिक सघन जनसंख्या भएको क्षेत्रमा अवस्थित भएकाले यसरी बाघको संख्या बढ्नु आश्चर्यजनक उपलब्धि भएको डब्ल्युडब्ल्युएफको भनाइ छ।

कैलालीको टिकापुरमा वातावरण संरक्षण एवं फोहोर व्यवस्थापन लगायत समाज बिकासमा अग्रसर बनाउन बडघरलाई सक्रीय बनाइदै
माघ १४, ०७:५८
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भीक नतिजा अनुसार कैलालीको जनसंख्या ९ लाख, ७ हजार ८१६
माघ १४, ०७:५८