अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीको टिकापुरमा वातावरण संरक्षण एवं फोहोर व्यवस्थापन लगायत समाज बिकासमा अग्रसर बनाउन बडघरलाई सक्रीय बनाइदै

कैलालीको टिकापुरमा वातावरण संरक्षण एवं फोहोर व्यवस्थापन लगायत समाज बिकासमा अग्रसर बनाउन बडघरलाई सक्रीय बनाइदै

कैलाली जिल्लामा बडघर प्रथा कायम छ । समाजसेवा गर्ने भरपर्दो माध्यमका रुपमा वर्षौदेखि चलनमा रहेको बडघर प्रथाले समाज विकाससँगै सामािजक न्यायका क्षेत्रमा समेत सकारात्मक अभ्यास गरिरहेको छ । पछिल्ला केही वर्षयता बडघरको भूमिका र कार्यमा परिमार्जन गर्न थालिएपनि कृषिसँग जोडिएका गतिविधि सञ्चालन र ग्रामीण विकासमा बडघरको भूमिका सम्झनलायक छ ।

पछिल्लो समय बडघरलाई वातावरण संरक्षणका क्षेत्रमा समेत स्थानीय सरकारले प्रयोग गर्न थालेका छन् ।वातावरण संरक्षणमा बडघरको भूमिका अहम छ । यो भूमिकालाई थप जिम्मेवार बनाउन कैलालीको टीकापुर नगरपालिकाले बडघरसँग छलफल समेत गरेको छ । नगरपालिकाले बडघरलाई वातावरण संरक्षणमा समुदायलाई सचेत बनाउन सहयोग होस् भनी ऐनमा भएका ब्यवस्थाबारे समेत जानकारी दिन थालिएको छ ।

घर आँगनमात्र सफा भएर हुँदैन, मानिस निरोगी हुन उ बस्ने वातावरण नै सफा र स्वच्छ हुनुपर्छ । टीकापुर नगरपालिका वडा नंं ५ मनिकापुरका बडघर लक्ष्यबहादुर चौधरी बाटोमा गाईभैँसी बाँध्ने कारणले बस्ती सरसफाईमा समस्या हुने गरेको बताउनुहुन्छ ।बडघर लक्ष्यबहादुर नगरपालिकाले वातावरण सरसफाइका लागि रुख रोप्न जागरुक गराउने, गाउँ टोल सफा राख्न गाउँकै मानिसलाई जिम्मेबार बनाउन आग्रह गरेकाले अब बडघरको खोज्नीबोज्नीमा यी सबै विषयमा छलफल गर्ने बताउनुहुन्छ ।

टीकापुर ४ बाघमाराका बडघर तुलाराम चौधरी गाउँमा रहेका क्लवका युवाहरुले सडक सरफाई गर्ने, सडकमा गाईबस्तु बाँध्न नदिने कार्य गरिरहेका भए पनि आउँदा दिनमा नगरपालिकाले सरसफाई, वृक्षारोपण जस्ता कार्यमा सघाएमा राम्रै हुने बताउनुहुन्छ ।टीकापुर नगरपालिकाका वातावरण तथा सरसफाई उपशाखा प्रमुख निर्मला चौधरी वातावरण सरसफाई तथा संरक्षणका लागि हरियाली वृद्धि, सडक किनारका वृक्षारोपण संरक्षण र सरसफाई अभियानलाई सघाउन र फोहोर व्यवस्थापनमा सक्रीय गराउन ९ वटै वडाका बडघरलाई अभिमुखिकरण गरिएको बताउनुहुन्छ ।

नेपालका टेलिसिरियलले पाउन थाले युट्युबमा करोड भ्युज
माघ १४, ०७:५५
बाघको संख्या दोब्बर बनाउन योगदान पु¥याएबापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जलाई विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) पुरस्कार
माघ १४, ०७:५५