अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

गायन रियालिटी शो ‘सिंगर’ हुने, विजेतालाई २५ लाख नगदसहित कार

गायन रियालिटी शो ‘सिंगर’ हुने, विजेतालाई २५ लाख नगदसहित कार

केही वर्षयता नेपालमा रियालिटी शोहरुको संख्या बढ्दै गएको छ । त्यसमध्ये पनि गायन रियालिटी शो बढी छन् । यसैक्रममा ‘सिंगर : सोलफुल भ्वाइस’ नाममा अर्को गायन रियालिटी शो हुने भएको छ ।

डीएआर मुभिज एण्ड फिल्म इण्डस्ट्रिज प्रालिले यो रियालिटी शोको आयोजना गर्न लागेको हो । अहिले चलिरहेको ट्रेण्डभन्दा केही फरक गर्ने आयोजकको दाबी छ ।

नेपालमा फ्रेन्चाइज रियालिटी शोहरुको दबदबा रहेकोमा आफ्नै मौलिक शोको शुभारम्भ गर्न लागेको डीएआर मुभिज एण्ड फिल्म इण्डस्ट्रिज प्रालिका सञ्चालक श्याम धितालले जानकारी दिए ।

शोमा सहभागी हुनेले भाषाको दायरा तोडेर नेपालका प्रमुख ६ वटा भाषामा गीत गाउनुपर्नेछ । नेपाली गीत-संगीतमा यसअघि नै चर्चा बटुलिसकेका र गायनमा आफ्नो स्थान बनाएका गायक-गायिकाहरुले शोमा भाग लिन सक्नेछन् । शोमा विजेताले २५ लाख नगद पुरस्कारसहित कार पाउने छन् भने गीति एल्बम पनि आउनेछ ।

वैशाखदेखि प्रसारण शुरु हुने शोका निर्यायकहरु केही दिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ । ‘सिंगर’ एउटा फरक शो हुने धितालको दाबी छ ।

जनसंख्या वृद्धिदर :लुम्बिनी प्रदेशमा धेरै गण्डकीमा कम
माघ १२, १५:३५
नेपालका टेलिसिरियलले पाउन थाले युट्युबमा करोड भ्युज
माघ १२, १५:३५