अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीको कैलारीमा कोरोनाविरुद्धको खोप लगाएका एक व्यक्तिको मृत्यु

कैलालीको कैलारीमा कोरोनाविरुद्धको खोप लगाएका एक व्यक्तिको मृत्यु

कैलालीमा आइतबार कोरोनाविरुद्धको खोप लगाएका एक व्यक्तिको खोप लगाएको केही समयपछि मृत्यु भएको छ । कैलारी गाउँपालिका–४ ‘के गाउँ’ का ५३ वर्षीय रामदास डङ्गौराको मृत्युभएको हो ।मृतक डङ्गौराले आइतबार सोही वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा भेरोसेल दोस्रो डोज खोप लगाएका थिए । खोप लगाएर घरतर्फ हिँडेका उहाँको केही समयपछि मृत्युभएको कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले बताए ।

‘खोप लगाएर घर नपुग्दै बाटोमै बेहोस भएको र मृत्यु भएको परिवारका सदस्यहरुको भनाई छ’, उनले भने ।डङ्गौराको मृत्यु खोपकै वा अन्य कारणले भएको हो भन्ने विषयमा छानबिन हुने स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताए । ‘हामीले जिल्ला स्वास्थ्य कार्यालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) लाई खोप लगाएको समय, खोप नम्बरसहित जानकारी गराएका छौं’, उनले भने, ‘यसबारे ती निकायले छानबिन गर्नेछन् ।’मृतक डङ्गौरा हिडेर खोप लगाउन आएको र हिडेर घरतर्फ गएको सापकोटाको भनाई छ । डङ्गौराले यसअघि, मङ्सिर १३ गते भेरोसेलको पहिलो डोज लगाउनुभएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले खोप लगाएपछि डङ्गौराको मृत्यु भएकोबारे विश्व स्वास्थ्य सङ्गठनमा जानकारी गराइसकेको बताए ।यसबारे विश्व स्वास्थ्य सङ्गठनकै विज्ञहरुका टोलीले छानबिन गर्ने उनले बताए । ‘खोपको कारणले मृत्यु भएको हो वा अन्य कारणले, त्यसबारे छानबिन हुन्छ’, उनले भने ।

सामाजिक उत्तरदायित्व सम्बन्धी दुई दिने तालिम कैलालीको घोडीघोडीमा आईतवारवाट शुरु
माघ ९, १९:०१
कैलालीको कैलारी गाउँपालिकाको नवौं गाउँसभा मंगलवार देखि शुरु ६ वटा विधेयक दर्ता
माघ ९, १९:०१