अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

सुदुर पश्चिममा पछिल्लो २४ घण्टामा १५६ नमुना परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि

सुदुर पश्चिममा पछिल्लो २४ घण्टामा १५६ नमुना परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा थप ८९ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १५६ नमुना परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।यस्तै २४ घण्टामा थप तीन जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् ।

हाल अस्पतालमा १९ जना कोरोना संक्रमित विरामीहरुको उपचार भइरहेको छ ।जसमध्ये आइसियुमा तीन जना र भेन्टिलेटरमा दुई जना कोरोना संक्रमित विरामीको उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

कैलालीमा वडाध्यक्षको मोटरसाइकल तोडफोड, एक युवक पक्राउ
माघ ३, १८:२१
गत असोज ३१ देखि कात्तिक ५ गतेसम्म परेको बेमौसमी वर्षाका कारण कैलाली र कञ्चनपुरका किसानले अझै पाएनन राहत
माघ ३, १८:२१