आज पुस महिनाको अन्तिम दिन पश्चिम नेपालको थारु वस्तीमा माघीको रौनक शुरु

पुस महिनाको अन्तिम दिन पश्चिम नेपालको थारु वस्तीमा माघीको रौनक शुरु भएको छ । तराईको दाङ जिल्ला देखि कञ्चनपुर सम्मको थारु वस्तीमा विशेष गरि रौनक छाइलको छ ।कामको शिलशिलामा घर देखि टाढा टाढा कामको शिलशिला तथा पढाईको लागि गएका यति वेला दाजुभाईहरु माघी मनाउनका लागि गाउँघरमा जम्मा भएका छन ।छोरी चेलीबेटीहरु माघी मनाउन माइती घर आईने गर्दछन ।
गाउँको नेतृत्वकर्ता अर्थात बरघर, भल्मन्सा, देशबन्धिया, गुरुवा, भर्रा लगायतको चयन माघ महिना देखि चयन हुने भएकोले यति वेला नेतृत्व चयनको बहस सुरु भै सकेको छ ।यति मात्र नभई थारुवस्तीमा माघौटा नाच, सखिया नाच, झुमरा नाच, लाठी नाच, ढमार लगायत थारु लोक गीतका साथै डफ र माडलको आवाज पनि गाउँघरमा गुन्जिन थालेका छन । यस्तै आम नेपालीहरुले पनि माघ १ गते माघे तथा मकर संक्रान्तिको रुपमा आ–आफ्नो रिती संस्कृति अनुसार मनाउने पनि गरिन्छ । थारु समुदायमा लौव अध्याय अर्थात नयाँ वर्षको सुरुवात हुने पर्वको रुपमा हर्षोल्लासका साथ मनाउने गरिन्छ ।
विशेष गरि तीन दिन सम्म मनाउने माघी पर्वको सुरुवात पुसको अन्तिम दिन अर्थात आजको दिन देखि सुरु भएको छ । माघ १ गते नजिकैको नदी, ताल ,पोखरीमा नुहाउने गरिन्छ । नदी तथा तालमा नुहाई पुजापाठ गरि सके पछि आ–आफनो नातपातहरुसंग भेटघाट गर्दै, आफ्नो उमेर भन्दा ठुलासंग अर्शिवाद लिने र आफु भन्दा सानालाई अर्शिवाद दिने प्रचलन रहल रहेको छ । यो दिन आफनो घरमा बनाएको ढिकरी लगायतको पाकवान खाने र प्रसादको रुपमा बाडने खवाइना प्रचलन चलन रहल रहेको छ ।
मकर संक्रान्तिको दिन नदी एवं तालमा नुहाएमा बर्ष भरि गरिएको पाप नकारत्मक काम, कुकर्म, वैमनष्यता धुने धार्मिक जनविश्वा रहेको जानकारहरुले बताउने गर्दछन । यो दिन पशुपक्षी बध नगर्ने धार्मिक मान्यता पनि रह्ेको छ ।