अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

जोशीपुर गाउँपालिकाद्धारा माघी पर्वको लागि ३ गते सम्म दियो स्थानिय बिदा

जोशीपुर गाउँपालिकाद्धारा  माघी पर्वको लागि  ३ गते सम्म दियो स्थानिय  बिदा

कैलालीको जोशीपुर गाउँपालिकाले माघी पर्वको लागि माघ ३ गते सम्म बिदा दिने निर्णय गरेको छ ।गाउँपालिकाले यही पुस २१ बसेको बैठकले माघ १ गते देखि ३ गते सम्म स्थानीय विदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत कमल राज उपाध्यायले बताएका छन ।

माघी पर्व थारु समुदायको नयाँ सालको रुपमा मनाउने र अन्य समुदायले पनि त्यतिकै महत्वको रुपमा यो पर्वलाई सदभावको रुपमा मनाउने गर्दछन ।जोशीपुर गाउँपालिका थारु बाहुल क्षेत्र भएको गाउँपालिका भएकोले माघी पर्वका लागि ३ गते सम्म स्थानीय विदा दिएको बताइएको छ ।

कैलालीको कैलारीमा नुकाई छिपाई राखिएको अवस्थामा सालको काठ (कडि) थान ३२ बरामद
पुष २९, १८:२३
सुदुरपश्चिम प्रदेश सरकारद्वारा माघ २ गते सार्वजनिक विदा
पुष २९, १८:२३