सुदूरपश्चिममा थप १९४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय दीपायलका अनुसारका अनुसार ३९ जनाको पीसीआरमार्फत र १५५ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।सोही अवधिमा एक हजार ७१३ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ।
संक्रमण पुष्टि भएका १९४ जनामध्ये भारतबाट स्वदेश फर्केका १४८ जना रहेका छन् ।त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ७७ र गड्डाचौकी नाका भएर स्वदेश फर्केका ७१ जनामा संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिमका नाका भएर मंगलबार एक हजार ४३७ नेपाली स्वदेश फर्केका छन्। आज सुदूरपश्चिमका चार वटा नाका भएर एक हजार ६३२ जना स्वदेश फर्केका छन्।