अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

भोली देखि संचालन हुने भनिएको कैलालीको बर्दगोरिया धाम माघी मेला स्थगित

भोली देखि संचालन हुने भनिएको कैलालीको बर्दगोरिया धाम माघी मेला स्थगित

कैलालीको बर्दगोरिया धाम माघी मेला स्थगित भएको छ । बर्दगोरिया विकास क्षेत्र तथा संरक्षण मञ्चले पुष महिनाको २८ गते देखि २ गते सम्म आयोजना गर्न लागेको माघी मेला एक दिन अगाडी मात्रै कोरोना महामारीको कारण देखाउँदै स्थगित गर्न लागिएको हो ।

बर्दगोरिया विकास क्षेत्र तथा संरक्षण मञ्चका अध्यक्ष रामनारायण थारुले कोरोना महामारी बढ्दै गएकाले माघी मेलामा कोरोना फैलाउने स्थल नबनोस भनेर स्थगित गर्न लागिएको बताए ।उनले माघी मेलाका लागि सबै तयारी पुरा भएको भएपनि स्वास्थ्यलाई ध्यानमा राखेर स्थगित गरिएको बताए ।

उनले हाल मेलाका लागि तयार गरिएका संरचना पनि कार्यसमितिको बैठकबाट निर्णय गरेर हटाइने बताए ।माघी मेलामा कैलाली क्षेत्र नं २ का संघीय सांसद झपट रावलले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।

थारु समुदायको सबैभन्दा ठूलो (माघी) पर्वको अवसरमा कैलारी गाउँपालिकाद्धारा तीन दिन सार्वजनिक बिदा दिने निर्णय
पुष २७, १९:००
सुदूरपश्चिममा थप १९४ जनामा कोरोना संक्रमण पुष्टि
पुष २७, १९:००