अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

बर्दगोरियाको भक्तिनिया डाँडा मन्दिर अस्थानमा पौष ३० गते माघी मिलन तथा माघी महोत्सव हुन

बर्दगोरियाको भक्तिनिया डाँडा मन्दिर अस्थानमा पौष ३० गते  माघी मिलन तथा माघी महोत्सव हुन

भक्तिनिया डाँडा मन्दिर अस्थानमा माघी पर्वको अवसरमा माघी महोत्सव हुने भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ६ सुंगरखालमा रहेको भक्तिनिया डाँडा मन्दिर अस्थानमा पौष ३० गते माघी महोत्सव कार्यक्रम हुने भएको छ । थारुहरुको नयाँ साल माघी पर्वको अवसर पारेर पहिलो पटक भक्तिनिया डाँडा मन्दिर अस्थानमा माघी महोत्सव कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

माघी महोत्सवमा थारु पौराणीक गीत वाँस, ऐतिहासीक नाचगान, खानपान भेष भुषाको प्रद्र्धशन गरिने बताइको छ । बर्दगोरिया गाउँपालि वडा नं. ६ को आर्थिक सहयोगमा रामजानकी सेवा समाजको आयोजनामा थारु भाषा, कला संस्कृतिके करी सम्मान, थारु कला संस्कृति हमार पहिचान भन्ने मुल नाराका साथ पहिलो पटक धार्मिक एवं सांस्कृतिक महोत्वको आयोजना गर्न लागिएको बर्दगोरिया गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष रामकृष्ण चौधरीले जानकारी दिनु भएको छ ।

माघी मिलन एवं माघी महोत्सव कार्यक्रमलाई सफल पार्नका सवैमा आयोजकले अनुरोध समेत गरेको छ ।

कञ्चनपुर र कैलालीमा विद्युतीय राहदानी सेवा सञ्चालन
पुष २१, १८:५८
सुदूरपश्चिमका वन निर्देशकमाथि पौने ७ करोड भ्रष्टाचार आरोप, मुद्धा दायर
पुष २१, १८:५८