अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

केही दिन यता बढेको हुस्सुले कैलाली–कञ्चनपुरको जनजीवनमा असर

केही दिन यता बढेको हुस्सुले कैलाली–कञ्चनपुरको जनजीवनमा असर

केही दिन यता बढेको हुस्सुले कैलाली–कञ्चनपुरको जनजीवनमा असर परेको छ । बिहान र साँझ शीतलहरसँगै बाक्लो हुस्सु लाग्ने गरेकाले यहाँको तापक्रम घट्दै गएको छ ।चिसोले गर्दा दैनिक ज्यालादारी काम गरेर खानेलाई समस्या हुनाका साथै बिहान विद्यालय तथा कलेज जाने विद्यार्थी पनि मर्कामा परेका छन् ।चिसो बढ्ने क्रमसँगै विभिन्न खालका स्वास्थ्य समस्या बढ्न सक्ने चिकित्सकले बताएका छन् ।

बिषेशगरि चिसोमा निमोनिया, दम, श्वासप्रश्वास, हृदयाघात, ब्रोनकाइटिस, रक्तचाप, हाइपोथर्मिया लगायतका रोग लाग्ने गर्दछन् ।अत्यधिक चिसोले ज्येष्ठ नागरिक र बालबालिकामा यी रोगहरू लाग्न सक्ने भएकाले उनीहरूलाई चिसो मौसममा जोगाउनुपर्ने सेती प्रादेशिक अस्पतालका ईर्मजेन्सी वार्ड इन्चार्ज भरत खातिले बताए । जाडोमा शरीरलाई चिल्लो पार्न भन्दै तोरीको तेल लगाउने प्रचलन रहे पनि तोरीको तेलभन्दा नरिवलको तेल प्रयोग गर्नु उपयुक्त हुने उनको सुझाव छ ।

बरघर भलमन्साहरुलाई न्याय सम्बन्धित सचेतना २ दिने तालिम कैलालीको जोशीपुरमा झोला वितरण गर्दै सम्पन्न
पुष २०, १८:२७
कञ्चनपुर र कैलालीमा विद्युतीय राहदानी सेवा सञ्चालन
पुष २०, १८:२७